आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालबाट जाने वस्तुमा भारतले ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउँदै

  • प्रकाशित मिति : शुक्रबार, माघ १९, २०७४



  • काठमाडौं, माघ १९ । भारतले नेपालका भारततर्फ निर्यात हुँदै आएका वस्तुमा उच्च दरले भन्सार बढाएको छ । यसले नेपाली वस्तुको निर्यात प्रभावित हुने भएको छ ।

    भारतले जुस, जुत्ता, घिउ–तेललगायत आयातमा भन्सार बढाएको छ । यी वस्तुहरू नेपालबाट भारतमा निर्यात हुँदै आएका छन् ।

    जुसमा भारतले यसअघि ३० प्रतिशत भन्सार लिँदै आएकोमा अब सुन्तलाको जुसमा ३५ प्रतिशत र अन्य जुसमा ५० प्रतिशत भन्सार लिने भएको छ । गत आर्थिक वर्षमा ५ अर्ब ९ करोड रुपैयाँको जुस निर्यात भएको थियो । नेपालबाट भारततर्फ डाबर जुस सबैभन्दा धेरै निर्यात हुन्छ ।

    चालू आर्थिक वर्षको ६ महिनामा करिब ७८ करोड रुपैयाँको जुत्ता भारतमा निर्यात भएको छ । गत आवमा १ अर्बभन्दा बढीको जुत्ता नेपालबाट निकासी भएको थियो । नेपालबाट गोल्डस्टारलगायतका जुत्ता भारततर्फ ठूलो मात्रामा निर्यात हुन्छन् ।

    त्यस्तै, यस अवधिमा ७ करोड ३६ लाख रुपैयाँको खाने तेल भारतमा निर्यात भएको छ । त्यस्तै, केही मात्रामा जुस र जुसको पल्प पनि निर्यात भएको छ । जुत्ता निर्यातमा यसअघि १० प्रतिशत मात्रै भन्सार लाग्दै आएकोमा अब त्यो २० प्रतिशत पुगेको छ ।

    भन्सार दर बढ्दा नेपाली निर्यात प्रभावित हुने भए पनि भारतीय पक्षबाट आधिकारिक धारणा आएपछि यसमा छलफल गरिने नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । –नयाँ पत्रिका दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij