आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मतदानस्थलमा उपस्थित हुन कांग्रेसको निर्देशन

  • प्रकाशित मिति : शनिबार, माघ २०, २०७४



  • काठमाडौं, माघ २० । नेपाली कांग्रेसले सातओटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी हुन यही माघ २२ गतेभित्रमा आ–आफ्नो मतदानस्थलमा उपस्थित हुन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

    राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते सातओटै प्रदेशमा हुँदैछ ।

    कांग्रेसले स्वदेश तथा विदेशमा जहाँ रहेको भ पनि राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका सदस्य र स्थानीय तहका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षलाई अनिवार्य उपस्थित भइ पार्टीको आधिकारिक उम्मेदवारलाई मतदान गर्न अनुरोध गरेको छ ।

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस पार्टीको ‘ह्वीप’ पालना गर्न निर्देशन गरिएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij