आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘अध्यादेशमार्फत् ल्याइएको चिकित्साशिक्षा अध्यादेश मान्य हुँदैन’

  • प्रकाशित मिति : शनिबार, माघ २०, २०७४



  • काठमाडौं, माघ २० । चिकित्सकहरुले अध्यादेशमार्फत् ल्याइएको राष्ट्रिय चिकित्साशिक्षा अध्यादेश मान्य नहुने बताएका छन् ।

    शनिबार काठमाडौंमा गरिएको एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सीमित व्यक्तिको हितमा केन्द्रित भएर ल्याइएको ऐन आफूहरुलाई मान्य नहुने बताएका हुन् ।

    कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेशबहादुर गुरुङले प्राज्ञहरुसँग छलफलसमेत नगरी ल्याइएको अध्यादेश मान्य नहुने बताए ।

    विश्वविद्यालयको स्वायत्त अधिकारमाथि नै बन्देज लगाउने गरी अध्यादेश ल्याइएकाले कार्यान्वयनमा नआउने दाबी उनको थियो ।

    कार्यक्रममा सहभागी अरु वक्ताले पनि अध्यादेशको विरोध गरेका थिए ।

    चिकित्साशिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रा. डा. गोविन्द केसीको पटक–पटकको अनशनपछि सरकारले केसीले उठाएका मागको सम्बोधन अध्यादेशमार्फत् गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij