आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नयाँ सरकार बनेलगत्तै भारतीय प्रधानमन्त्री नेपाल आउने सम्भावना : प्रदीप ज्ञवाली

  • प्रकाशित मिति : आइतवार, माघ २१, २०७४



  • काठमाडौं, माघ २१ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपालमा नयाँ सरकार बनेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने सम्भावना रहेको बताएका छन् ।

    काठमाडौंमा आइतबार गरिएको साक्षात्कारमा सचिव ज्ञवालीले नेपालमा नयाँ सरकार गठनलगत्तै भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने सम्भावना रहेको बताएका हुन् । उनले नयाँ सरकार गठन हुन लागेका बेला भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएर बधाई दिनुले नेपालको सामर्थ्यता बढेको पुष्टि भएको बताए ।

    एमाले अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर र मुक्तिनाथको भ्रमण रोकिएको स्मरण गराउँदै नेपाल भ्रमणको निम्तो दिएको पनि ज्ञवालीले बताए ।

    सचिव ज्ञवालीले नयाँ सरकारसँग अझ बढी घनिष्ठ सम्बन्ध बनाउन भारतले तत्परता देखाएको भन्दै आफ्नो विदेशमन्त्रीलाई पठाएर भारतले सहयोग गर्न तयार रहेको सन्देश दिएको जिकिर गरे ।

    भारतीय विदेशमन्त्रीको भ्रमणको विषयलाई लिएर नकारात्मक टिप्पणी गर्न आवश्यक नभएको उनको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij