प्रकाशित मिति : आइतवार, माघ २१, २०७४
प्रदेश नम्बर ७ को पहिलो प्रदेशसभा बैठक सकिएको छ।
धनगढीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा बसेको बैठकले सभामुखको निर्वाचन माघ २९ गते हुने निर्णय गरेको छ।
बैठक कार्य सूची अनुसार नै अघि बढेको थियो।
बैठकमा तीन विषय: संसद् बैठक सञ्चालन कार्यविधि, सभामुखको निर्वाचन, संसदमा बोल्ने वक्ताहरूको विषयमा कार्यसूची रहेका थिए।
पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य दिव्यश्वरी शाहले गरेकी थिइन्।
बैठकमा एमालेतर्फबाट प्रकाश रावल, कांग्रेसबाट भरत खड्का र माओवादी केन्द्रको तर्फबाट त्रिलोचन भट्टले बोलेका थिए। सबै सांसदहरूले विकासको मुल धारमा पछाडि र राज्यबाट उपेक्षित प्रदेश भएकाले अब एकताबद्ध भएर विकास र सम्बृद्धिमा केन्द्रीत हुनुपर्नेमा जोड दिए।
दर्शक दिर्घामा एमालेका भीम रावल र माओवादी केन्द्रका लेखराज भट्टको पनि उपस्थित थिए।
प्रदेश ७ मा ५३ जना सांसद छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij