आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निर्वाचन आयोगले शुक्रबार दलहरुलाई पत्राचार गर्ने

  • प्रकाशित मिति : बिहिबार, माघ २५, २०७४



  • काठमाडौं, माघ २५ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको सिट बाँडफाँट गरी शुक्रबार (भोलि) राजनीतिक दलहरुलाई पत्राचार गर्ने भएको छ ।

    आयोगले यसअघि राजनीतक दलहरुले आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सदस्यहरुको सिफारिस गर्न दलहरुलाई पत्राचार गर्न लागेको हो ।

    निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दहरुलाई तीन दिनको समय दिएर सदस्यहरु सिफारिस गर्न पत्राचार गर्ने जानकारी दिए ।

    निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७४ अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम एक साताभित्र राष्ट्रपतिसमक्ष बुझाउने जनाएको छ ।

    आयोगले ढिलोमा फागुन ५ गतेभित्र निर्वाचनको सम्पूर्ण मतपरिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij