आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेश–१ को सभामुख बने भण्डारी

  • प्रकाशित मिति : सोमवार, माघ २९, २०७४



  • विराटनगर, माघ २९ । प्रदेश नम्बर–१ को सभामुख पदमा नेकपा एमालेका प्रदीपकुमार भण्डारी निर्वाचित भएका छन् ।

    सोमबार बसेको प्रदेश संसदको बैठकले भण्डारीलाई निर्विरोध निर्वाचित गरेको हो ।

    बैठकमा ज्येष्ठ सदस्य एवं सभाका सन्चालक ओमप्रकाश सरावगीले सभामुखमा अरु कसैको दाबी नभएका कारण भण्डारी निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

    त्यसअघि, प्रदेशको संसद सुरु भएपछि सभामुखको एकमात्र उम्मेदवार रहेका भण्डारीलाई निर्वाचित गरियोस् भनी प्रस्ताव पेस गरिएको थियो ।

    भण्डारीलाई सोमबारै प्रदेशप्रमुख डा. गोविन्द तुम्बाङले पद तथा गोपनीयताको शपथग्रहण गराए ।

    सुनसरी क्षेत्र नम्बर–१ ‘क’बाट प्रदेशसभामा निर्वाचित भण्डारी धरान–१३ निवासी हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij