आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता यसैसाता!

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १, २०७४



  • नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यही साता भित्र पार्टी एकता गरिसक्ने सहमति गरेका छन् । ललितपुरको मानभवनमा सोमबार दिउँसो भएको वान अन वान छलफलमा दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकीकरण गर्ने सहमति गरेका हुन् ।  यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

    स्रोतका अनुसार पार्टी एकीकरणको नेतृत्व र मोडालिटीबारे भोलि बिहान अध्यक्षद्वय फेरिवान अन वान छलफलमा बस्ने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताको विषयमा कुरा टुंग्याउने सहमति भएको छ।

    आज भएको छलफलमा दुवै अध्यक्ष जसरी भएपनि सरकार गठनअघि पार्टी एकता गरिसक्नेमा सहमत छन्।

    स्रोतका अनुसार फागुन ६/७ गते पछि सरकार गठन प्रक्रिय अघि बढ्ने भएकोले दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकतामा जोड दिएका हुन्।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij