आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजपा शीर्ष नेताहरू नै चिन्दैनन् समानुपातिकको १ नम्बर रहेकी नरमाया ढकाल

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १, २०७४



  • राजपा नेपालले सोमबार आफूले पाएको समानुपातिकतर्फको ६ सिटमध्ये खस आर्य महिलाबाट कुमारी रेणु शर्माको नाम सिफारिस गर्‍यो। तर आयोगले शर्माको नाम अस्वीकार गरिदियो।

    आयोगले राजपालाई पत्र पठाउँदै सिफारिस गरिएकी रेणु शर्माको नाम खस आर्यको तेश्रो नम्बरमा रहेको र पहिलो नम्बरमा रहेकोलाई सिफारिस नगरिएको भन्दै स्वीकार गर्न नसक्ने जनायो। राजपाको खस आर्यको सूचीको पहिलो नम्बरमा नरमाया ढकालको नाम थियो।

    राजपाले ढकालले पारिवारिक कारण देखाउँदै सांसद बन्न नचाहेको पत्र दियो। आयोगले पत्र पनि स्वीकार गरेन।

    ‘सांसद बनिसकेपछि राजीनामा दिनु भए हुन्छ। तर अहिले सूची मिच्न मिल्दैन। तपाईंहरुले बन्दसूचीको क्रम मिच्न पाउनुहुन्न’, नरमायाको अनिच्छाको पत्र लिएर पुगेका नेतालाई आयोगको जवाफ थियो।

    नरमायाको सिफारिस नहुनुको कारण भने अर्कै थियो। मधेस आन्दोलनमा कुनै योगदान नभएको र नचिनेको मान्छे सूचीमा रहेको भन्दै राजपा अध्यक्ष मण्डलकै नेताहरुले नरमायाको नाममा असन्तुष्टि जनाएका थिए।

    त्यसो नरमाया ढकालको नाम समानुपातिकको बन्द सूचीमा समावेश गर्दा नै राजपाका केही युवा नेताहरुले विरोधमा अनसन समेत गरेका थिए।

    अध्यक्ष मण्डलका राजेन्द्र महतोले सद्भावनाको नेता रहेको भन्दै उनको नाम सिफारिस गरेका थिए।

    ‘राजेन्द्र महतोजीले सिफारिस गर्नु भएको हो’, राजपा अध्यक्ष मण्डलका नेता महिन्द्रराय यादवले सेतोपाटीसँग भने, ‘को हो, कहाँको मान्छे हो त्यो पनि थाहा छैन। उहाँको पार्टीमा कुनै योगदान पनि छैन।’

    यादवले ६ पार्टी मिलेर राजपा बनेकाले बन्दसूची तयार गर्दा धेरै खोजबिन नगरिएको बताए। उनले आफूले नरमायालाई व्यक्तिगत रूपमा नचिन्ने उल्लेख गरे। राजपाकै अर्का अध्यक्ष मण्डलका नेताले पनि चिनजान नभएको बताए।

    अध्यक्ष मण्डलका नेता महतोले भने  खसआर्य कोटाबाट नाम सिफारिस गर्नैपर्ने प्रावधानका कारण नरमाया ढकालको नाम सिफारिस गरिएको उल्लेख गरे।

    ‘उहाँको नाम बन्दसूचीमा राखिएको हो। तर उहाँले पारिवारिक कारणले अनिच्छा देखाउनु भएको थियो’, महतोले सेतोपाटीसँग भने, ‘खस आर्यको एक नम्बरमा उहाँको नाम रहेछ। तर आयोगले तेश्रो नम्बरको नाम लिन मानेन।’

    महतोले आयोगको निर्देशन अनुसार पुन: ढकाललाई समानुपातिक सांसद बनाउन सिफारिस गरिएको बताए।

    ढकाललाई सांसद बने लगत्तै राजीनामा गराउने हो? भन्ने सेतोपाटीको प्रश्नमा महतोले ‘अब सांसद बनेपछि उहाँकै निर्णय हुन्छ।

    महतोले राजपा बन्नुअघि सद्भावना पार्टीको नेता भए पनि ढकाल सक्रिय राजनीतिमा नलागेको स्वीकारे।

    ‘खस आर्यमा मान्छे कहाँ छ। खस आर्यमा पार्टी कहाँ छ’, महतोले भने, ‘नाम राख्नै पर्ने भएपछि सामान्य मान्छे पनि राखिन्छ।‘

    स्याङ्जामा जन्मिएकी ढकालबारे राजपा नेताहरुले अनभीज्ञता प्रकट गरेपछि उनी को हुन् भन्ने प्रश्न खडा भएको छ।

    खस आर्यको तर्फबाटै राजपाबाट सांसद सिफारिस भएकी निर्जला राउतले पनि आफूले नरमायालाई नचिन्ने बताइन्। ‘म पनि चिन्दिनँ। अब सपथ लिने दिन भेट होला नि’, राउतले हाँस्दै भनिन्, ‘राजेन्द्र महतोले मात्रै चिन्नुहुन्छ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij