बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

प्लास्टिक उद्योगको गोदाममा भीषण आगलागी, दुई करोड रुपैयाँ बराबरको क्षति

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २, २०७४



  • संगम पथमा रहेको युनाइटेड प्लास्टिक ईन्डस्ट्रिजको शुभ गौतम ईन्टरप्राईजेजमा लागेको आगो बिहानमात्र नियन्त्रणमा आएको छ ।

    गएराति ९ बजेतिर शुरु भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो । बुटवल उपमहानगरपालिकाको एकमात्र दमकलले आगो निभाउन नसकेपछि सिद्धार्थनगर, रामग्राम, नवलपरासी, कपिलवस्तु र बाणगंगा नगरपालिकाबाट आएका दमकल र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।

    आगलागीबाट २ करोड रुपैयाँ बराबरको क्षति भएको सञ्चालक जीवन गौतमले जानकारी दिए ।

    गोदाम रहेको घरका धेरै सामानसमेत नष्ट भएको छ ।

    यसैबीच बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले आज आगलागी भएको स्थलको निरीक्षण गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij