आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उप्रप्रधानमन्त्री थापा मन्त्रालयबाट बिदाइ

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २, २०७४



  • उपप्रधानमन्त्री कमल थापाले ऊर्जा र सहरी विकास मन्त्रालयको जिम्मेवारीबाट आज औपचारिकरूपमा बिदाइ लिएका छन्।

    ती दुवै मन्त्रालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा उनको बिदाइ गरिएको हो। ऊर्जा मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उपप्रधानमन्त्री थापाले मुलुकको विकासमा आफ्नो कार्यकालमा महत्वपूर्ण निर्णय भएको दाबी गरे।

    उनले भने – ‘मन्त्रालयमा आउँदा मैले आफ्नो मर्यादा र सीमा बुझेको थिएँ, धेरै महत्वकांक्षी थिएन, बूढीगण्डकीजस्तो राष्ट्रिय गौरवको आयोजना नेपाली पूँजीमा निर्माण गर्नेजस्ता ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण निर्णय र कार्य योजना तयार भएका छन्।’

    ऊर्जा मन्त्रालयका सचिव अनुप शर्मा र सहरी विकास मन्त्रालयमा सचिव जीतेन्द्रनाथ शर्माले उपप्रधानमन्त्री थापाको बिदाइ गर्दै उनको कार्यकालमा कुनै राजनीतिक दबाब र प्रभाव झेल्नु नपरेको भनी सन्तोष व्यक्त गरे।

    वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाबाट एक दुई दिनभित्रै राजीनामा आउने चर्चा चलेको बेला उपप्रधानमन्त्री थापाले आज आफूले जिम्मेवारी सम्हालेका मन्त्रालयबाट बिदाइ भएका हुन्।

    रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij