प्रकाशित मिति : बुधबार, फाल्गुन २, २०७४
एमाले स्थायी समिति बैठकले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ।
मानभवन स्थित एक निजी घरमा बसेको एमाले स्थायी समिति बैठकले ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको नेता सुरेन्द्र पाण्डेले बताए।
एमाले अध्यक्ष ओली दोस्रो पटक प्रधानमन्त्री हुन लागेका हुन्।
एमालेसँग गठबन्धन गरेर निर्वाचनमा गएको माओवादीले पनि ओलीलाई प्रधानमन्त्रीका लागि समर्थन गर्ने भएको छ। दुवैपार्टीले ओलीलाई समर्थन दिएको पत्र राष्ट्रपतिकहाँ पठाएपछि नयाँ सरकार गठनको प्रकृया सुरु हुन्छ।प्रतिनिधिसभा निर्वाचनमा एमालेले सबै भन्दा ठूलो दल भएको थियो। तर उसले एक्लै बहुमत भने ल्याउन सकेन। चुनाव अघि नै गठबन्धन गरेका एमाले- माओवादी केन्द्रको जोडेर भने सरकार बनाउने मत पुग्छ। दुवै पार्टी बीच एकता हुने निर्णय भैसकेको छ।
नयाँ पार्टीमा दुवै पार्टीका अध्यक्षहरु सहअध्यक्ष बन्ने र प्रधानमन्त्री पनि आलोपालो हुने सहमति भएको हो। ओली पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुने सहमति भएको छ। तर कतिवर्षपछी हुने भन्ने टुंगो भने लागेको छैन।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij