आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पार्टी एकता नटुंगिएसम्म सरकारमा माओवादी केन्द्र नजाने संकेत

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ४, २०७४



  • काठमाडौं, फागुन ४ । माओवादी केन्द्रले पार्टी एकता नटुंगिएसम्म सरकारमा सहभागी नहुने संकेत गरेको छ ।

    तत्काल एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने तर पार्टी एकतासहित समग्र प्याकेजमा सहमति नजुट्दासम्म सरकारबाहिरै रहने नीति अँगाल्ने संकेत माओवादीले गरेको छ ।

    जनताको बहुदलीय जनवादमा एमालेको अडानका कारण पार्टी एकता संयोजन समितिको बुधबारको छलफल नटुंगिएको अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेतालाई ब्रिफिङ गरेका थिए । दाहालले समग्र प्याकेज नटुंगिएसम्म सरकारलाई समर्थन जनाउने तर सहभागितामा प्राथमिकता नदिने बताएका कारण अन्योल देखिएको हो ।

    त्यही कारण माओवादीले ओलीलाई प्रधानमन्त्रीको दावी प्रस्तुत गराउँदा समर्थन दिए पनि सरकारमा भने सहभागिता जनाएन ।

    ओलीले पहिलो चरणमा मन्त्रिपरिषद गठन गर्दा माओवादीका दुईजना नेता सिफारिस गर्न दाहाललाई आग्रह गरेका थिए । ओलीले पहिलो चरणमा एमालेका तर्फबाट आफूसहित तीन र माओवादीका दुई गरी पाँच सदस्यीय मन्त्रिपरिषद बनाउने योजना बनाएका थिए । तर, माओवादीले तत्काललाई सरकार बाहिरैबाट समर्थन गर्ने सूचना पठाएपछि ओलीले एमालेका दुई नेतालाई मात्र मन्त्री बनाए । –अन्नपूर्ण पोस्ट दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij