बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

त्रिशूलीमा दुर्घटनामा परेका सचिव यादवका छोराको शव भेटियो

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ४, २०७४



  • धादिङ, फागुन ४ । दुर्घटनामा मृत्यु भएका सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादवका छोरा सन्तोष यादवको शव शुक्रबार फेलापरेको छ ।

    गत माघ २६ गते सचिव यादव सवार बा२झ ३१४० नम्बरको जिप धादिङको मलेखुनजिकै त्रिशूली नदीमा खस्दा उनका छोरा बेपत्ता भएका थिए ।

    सचिव यादव र उनीसँगै जिपमा सवार उन्नति गुप्ताको शव भने प्रहरीले सोही दिन नदीबाट निकालेको थियो ।

    २२ वर्षीय सन्तोषको शव बेनिघाट–रोराङ गाउँपालिका वडा नम्बर–५ स्थित त्रिशूली नदीको किनारामा फेलापरेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा चालक निरन्जन यादवलाई भने सोही दिन घाइते अवस्थामा उद्धार गरिएको थियो ।  दुर्घटनाका समयमा जिप सचिव यादवले नै हाँकेका थिए । दुर्घटनामा परेको जिप कपिलवस्तुबाट काठमाडौंबाट जाँदै थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij