प्रकाशित मिति : शुक्रबार, फाल्गुन ४, २०७४
शिबराज पन्थी, दाङ । जिल्ला प्रशासन कार्यालयको एक टोलीले आज देउखुरीका गढवा, कालाकाटे, भालुवाङ र सिसहनिया बजारका किराना र मदीराका पसल तथा होटलहरुमा अनुगमन गरेको छ । गढवा उद्योग बाणिज्य संघ, राप्ती उद्योग वाणीज्य संघ, स्थानीय शुरक्षा निकाय, स्थानीय जनप्रतिनिधी र पत्रकारहरु सहितको रोहवरमा बजार अनुगमन गरिएको हो ।
सो अवसरमा कतिपय पसलहरुमा म्याद गुजे्रका बिष्कुट चाउचाउ, नमकिन, दालमोट, ग्लुकोजका प्याकेटहरु, फ्रुटी, सोडा, चकलेट, सेभिङ क्रिम, गरम मसाला तथा काजुका प्याकेटहरु वरामद गरी जलाएर नष्ट गरिएको थियो ।
गढवा क्षेत्रका बढीजसो पसलहरुमा सामानको मूल्यसुचि नराखेको , करचुक्ता प्रमाणपत्र नराखेको र एउटै पसलमा खाद्य तथा अखाद्य बस्तुहरु राखीएको पाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्ता ब्यवसायीहरुलाई तत्काल सुधारगर्न प्रतिवद्धता गराई सुझाव दिईएको जिल्ला प्रशासन कार्यालयका अधिकृत अमरराज शर्माले जानकारी दिनुभयो ।
यसैगरी कतिपय पसलहरुमा स्टिकर नलागेका सामानहरु बिक्री गरेको र सुर्ति तथा चुरोट विक्रीको लाईसेन्स नलिएको र ७ दिनभित्र लाईसेन्स नल्याएमा कानून बमोजिम कार्वाही गरीने चेतावनी दिईएको थियो ।
कतिपय पसलहरुमा सुर्तिजन्य पदार्थ खुलेयाम राखिएको पाईएकोले उनिहरुलाई लुकाएर राख्नकालागि सुझाव दिईएको कार्यालयका नायव सुब्वा किरण अधिकारीले बताउनु भयो ।
सबै किसीमका ब्यवसायीहरुले आफ्नो ब्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न र सुर्ति तथा मदीराजन्य पदार्थको लाईसेन्स लिएर मात्र चलाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । अनुरोधलाई वेवास्ता गरेमा कानून बमोजिम कार्वाही हुने कुरा पनि अनुगमनको क्रममा जानकारी गराईएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij