आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालका सांसद सुरेशचन्द्र दास भारतीय मतदाता !

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ५, २०७४



  • काठमाडौं, फागुन ५ । नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेसचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ ।

    काठमाडौं, फागुन ५ । नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेसचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ ।

    नागरिक पत्रिकालाई प्राप्त कागजात अनुसार भारत, विहार राज्यको दरभंगा जिल्लास्थित दरभंगा नगरपालिकाअन्तर्गत दासको नाम छ ।

    उनको नाम अहिले पनि भारतीय निर्बाचन आयोगको आधिकारिक बेबसाइट ‘डब्लुडब्लुडब्लु डट इसिआई डट एनआइसी डट आइएन’ मा भेटिन्छ ।

    दासको भारतीय भोटर आइडीमा पीताको नाम देवनाथ दास उल्लेख छ ।

    उनको फोटोसहितको मतदाता परिचयपत्र नम्बर (भोटर आइडी) ‘आइएजी ०३७३१८३’ छ । उनको मतदाता क्रमांक १७५ छ ।

    उनको मतदाता केन्द्रको नाम ‘मैथिली साहित्य परिषद, मिश्रटोल साउथ पार्ट’ उल्लेख छ ।

    भारतीय मतदाता हुनका लागि अनिवार्य रूपमा भारतीय नागरिक भई नागरिकता प्रमाणपत्र लिन जरुरी हुन्छ ।

    जनवरी १ मा १८ वर्ष उमेर पुगेको वा सोभन्दा बढी वर्ष पार गरेका भारतीय नागरिक मात्र त्यहाँ मदताता हुन योग्य ठहरिने व्यवस्था भारतीय कानुनमा छ ।

    नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij