बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पर्यटन क्षेत्रको विकासका लागि ताल निर्माण

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ५, २०७४



  • पाँचथर, फागुन ५ । पाँचथरको मिक्लाजुङ क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन ताल निर्माण गरिएको छ ।

    पाँचथर, फागुन ५ । पाँचथरको मिक्लाजुङ क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन ताल निर्माण गरिएको छ ।

    मिक्लाजुङ गाउँपालिका वडा नम्वर ७ लेक गाउँस्थित लिम्वा गोधुला भोजुला सिमसार क्षेत्रलाई सफा गरी दुई तिरवाट ड्याम निर्माण गरी ताल बनाइएको हो ।

    करिब ४ सय मिटर लामो यो ताल निर्माणमा स्थानीयको २० प्रतिशत र मेची पहाडी पर्यटन पूर्वाधार विकास समितिको ८० प्रतिशत गरी कूल १२ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

    यो क्षेत्रमा तालसँगै सिजनमा गुराँस, विभिन्न प्रजातिका वनस्पतीसहित २८०० मिटरको उचाइमा रहेको मिक्लाजुङ डाँडाबाट बिभिन्न हिमाल, पहाडी तथा तराईको विभिन्न भूभाग र सूर्योदयको मनोरम दृष्य हेर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij