बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

कैलालीमा बस दुर्घटना, दुई दर्जन बढी घाइते

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ५, २०७४



  • कैलाली, फागुन ५ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१३ अत्तरियाबजारनजिकै शनिबार दिउँसो एक यात्रीबहाक बस दुर्घटना हुँदा दुई दर्जन बढी घाइते भएका छन् ।

    टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नम्बरको बस दुर्घटना भएको हो ।

    दुर्घटनामा परी दुई दर्जन बढी घाइते भएको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।

    उनकाअनुसार घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।

    दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij