बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

हेटौडामा ट्याक्टरको ठक्करबाट २ जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ६, २०७४



  • हेटौंडा उपमहानगरपालिका ११ ट्याक्टरको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

    शनिबार राति हेटौंडाबाट मनोहरीतर्फ जादै गरेको ना ३ ख ६०२७ नम्बरको ट्याक्टरको ठक्करबाट नवलपरासी सुनवल नगरपालिका ८ का २६ वर्षिय प्रेमबहादु क्षत्री र चितवन भरतपुर उपमहानगरपालिका ११ की २० वर्षिया मात्रा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    ना ४७ प ३८३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    ठक्कर दिएर फरार ट्याक्टर चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij