प्रकाशित मिति : आइतवार, फाल्गुन ६, २०७४
नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समिति बैठक आज बस्ने भएको छ। बैठकको समय भने तय भैसकेको छैन।
दुई पार्टीबीच एकता प्रक्रियामा नेतृत्व र सैद्धान्तिक विषयले दुरी पैदा गरेको थियो।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘वान टु वान’ वार्ता गरेका थिए। वार्तापछि आज संयोजन समिति बैठक बस्ने समझदारी जुटेको थियो।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब दुई दलबीच प्याकेजमा समहति हुने बताएका छन्। महाधिवेशनसम्म जाने गरी संगठनको विषय, राष्ट्रपति, सभामुख लगायत सरकारमा सहभागिताको विषय र सैद्धान्तिक विषयमा एकमुष्ट सहमति जुटाउने तयारीमा दुई दल जुटेका हुन्। माओवादीले ओली सरकारलाई समर्थन गरे पनि हालसम्म मन्त्री पठाएको छैन।
ओली प्रधानमन्त्री चयन हनुअघि भएको एकता संयोजन समिति बैठक सहमति जुटाउन असफल भएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij