आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमाले र माओवादी केन्द्रबीच एकता संयोजन समितिको बैठक आज बस्दै

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ६, २०७४



  • काठमाडौं, फागुन ६ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतालाई टुंगोमा पुर्‍याउन आज एकता संयोजन समितिको बैठक बस्दैछ ।

    एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच हिजो एक्लाएक्लै भएको भेटवार्तामा आज एकता संयोजन समितिको बैठक गरेर मिल्न बाँकी बिषयलाई टुंगोमा पु‍र्‍याउने सहमति भएको हो ।

    दुई अध्यक्षले पार्टी एकतालाई निष्कर्षमा पु‍¥याउँदै सरकार गठनलाई पूर्णता दिने सहमति पनि गरेका छन् ।

    भक्तपुरस्थित ओली निवासमा दुई नेताबीच सरकारलाई पूर्णता दिने, पार्टी एकता टुंगोमा पुर्‍याउनेलगायत विषयमा छलफल भएको थियो ।

    दुई पार्टीबीच एकीकृत पार्टीको नेतृत्व र सरकारमा आलोपालो गर्ने सहमति भएपनि एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त के हुने भन्नेमा कुरा मिल्न सकेको छैन ।

    एमाले नेताहरु पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद नै राख्नुपर्ने अडानमा छन् भने माओवादीहरु महाधिवेशनसम्म जबज र माओवाद दुबैमा खुला छलफल हुनुपर्ने पक्षमा छन् ।

    यद्यपी, माओवादीकै समर्थनमा एमाले अध्यक्ष ओली भने प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।

    एकता प्रक्रिया निष्कर्षमा नपुगेको भन्दै ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रले मन्त्री सहभागी गराएको छैन ।

    यसैबीच, प्रधानमन्त्री ओली आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

    उनी अपराह्न ४ बजे सर्नेछन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार बालुवाटार छोडेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij