आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रजातन्त्र भनेको निर्वाचनहरुको आयोजनामात्र हो भन्ने भ्रम राखिनु हुन्न : पूर्वराजा

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ६, २०७४



  • काठमाडौं, फागुन ६ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र भनेको निर्वाचनहरुको आयोजनामात्र हो भन्ने भ्रम राखिन नहुने बताएका छन् ।

    ६८ औं प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले सीमित व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्रको रुपमा जनताले आत्मसात् गर्नुपरेको भन्दै नेताहरुलाई सचेत गराएका छन् ।

    पूर्वराजा शाहले शुभकामना सन्देशमा राजनीतिक परिवर्तनको एक दशकमा मुलुक र जनहितको विषय अस्तव्यस्त बनेको भन्दै समीक्षा गर्ने समय आएको बताएका छन् ।

    ‘२०६३ साल वैशाख ११ गते हामीमा निहीत राजकीय सत्ताको प्रयोग गरी भएको राजनीतिक परिवर्तनपछिको दशकमा देश र जनताका हितप्रति संवेदनशील एवं जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्द्रित सोचको पासोमा देशको राजनीति अल्झिएको छ, त्यसको समीक्षाको समय आएको,’ उनले सन्देशमा भनेका छन् ।

    देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकतालाई सबल तुल्याउँदै जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर व्यवहार गर्ने व्यवस्थामात्र प्रजातान्त्रिक हुन सक्ने उनको भनाइ छ ।

    उनले प्रजातन्त्रलाई संस्थागत गर्ने क्रममा कुनै पनि राजनीतिक सम्झौता, सहमति या समझदारीमा देशको गौरब बढाउने विषयले प्राथमिकता किन पाएन भन्दै प्रश्नसमेत गरेका छन् ।

    पूर्वराजाले प्रजातन्त्रमा सबैले सम्मानित महसुस गर्छन् भन्ने विश्वव्यापी मान्यता र विश्वास रहेकामा सचेतसमेत गराएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij