बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ६, २०७४



  • नारायणगढबाट गोरखा जाँदै गरेको ग१ख ४०२१ नम्वरको बस दुर्घटनामा परेको हो । आज (आइतबार) दिउँसो ४ बजे भएको सो दुर्घटनामा २३ यात्रु घाइते भएका छन् ।

    घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरी चौकी जुगेडीका प्रहरी नायव निरीक्षक सुरेश पालले जानकारी दिए ।

    घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेज भरतपुर र ६ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बसले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको सो बसमा सवार यात्रुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij