बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

अर्का वडाध्यक्ष अधिकारीको पनि मृत्यु, फरार चालक पक्राउ

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ७, २०७४



  • चितवन, फागुन ७ । चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा आइतबार राति भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको सोमबार उपचारकाक्रममा मृत्यु भएको छ ।

    चितवन मेडिकल कलेजमा उपचारकाक्रममा सोमबार बिहान १०ः१५ बजे खैरहनी नगरपालिका–४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

    आइतबार राति ८ः३० बजे भएको सो दुर्घटनामा परी सोही नगरपालिका–५ का वडाध्यक्ष विश्वविजय बस्नेतको राति नै मृत्यु भएको थियो ।

    खैरहनीबाट रत्ननगरतर्फ आउँदै गरेको ना३च ९८४० नम्बरको तरकारी बोक्ने पिकअप भ्यान र विपरीत दिशाबाट जाँदै गरेको खैरहनी नगरपालिकाको बा२झ १३४४ नम्बरको गाडी एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो ।

    दुर्घटनामा घाइते भएका एकजना सवारीचालक खैरहनी–१२ का राजकुमार अधिकारीको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    फरार रहेका तरकारी बोक्ने गाडीका चालक सुमन अर्याल चितवनको सूर्यपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij