आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यसरी मनाइयो दोस्रो निर्वाचन दिवस

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ७, २०७४



  • २०१५ साल फागुन ७ गते नेपालमा पहिलो पटक निर्वाचन भएको सम्झनामा सोमबार विशेष कार्यक्रम आयोजना गरि निर्वाचन दिवस मनाइएको छ।

    निर्वाचन आयोगको कार्यालय कान्तिपथमा एक विशेष कार्यक्रमको आयोजना गरि दोस्रो निर्वाचन दिवस मनाइएको हो। कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिश गोपालप्रसाद पराजुली, संवैधानिक निकायका प्रमुखहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरुलगायतको उल्लेख्य सहभागिता रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनलाई अझै स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन निर्वाचन दिवसले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

    उनले तीन वटै तहको निर्वाचन सम्पन्न गरेर निर्वाचन आयोगले महत्वपूर्ण संवैधानिक दायित्व सफलतापूर्वक सम्पन्न गराएको भन्दै धन्यवाद दिए। त्यस अवसरमा प्रधानमन्त्री ओलीले निर्वाचनपछि मुलुकमा राजनीतिक संक्रमणकालको अन्त्य भएको उल्लेख गर्दै जनताको जीवनस्तर माथि उठाउने अभियानमा सबैलाई परिचालित हुन पनि आह्वान गरे।

    उनले समावेशी आर्थिक रुपान्तरणको माध्यामबाट मुलुकलाई समृद्ध बनाउन सबैले सहयोग गर्नुपर्नेमा पनि जोड दिए।

    प्रधानमन्त्री ओलीले सुखी नेपालीः समृद्ध नेपाल बनाउनु सरकारको मुख्य कार्यभार भएको पनि उल्लेख गरे। कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक वर्ष भित्रै ३ वटै तहको निर्वाचन सम्पन्न गराएर आयोगले नयाँ कीर्तिमान कायम गरेको दावी गरे। उनले संवैधानिक व्यवस्था अनुसार सबै तहको निर्वाचन सम्पन्न गराउन राजनीतिक दलहरुले महत्वपूर्ण सहयोग गरेको स्मरण समेत गराए।

    निर्वाचन आयोगले गत वर्षदेखि निर्वाचन दिवस मनाउन सुरू गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij