बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पञ्चकोसी परिक्रमा जलेश्वर आइपुग्यो

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ७, २०७४



  • महोत्तरी, फागुन ७ । मिथिलाको महाकुम्भ तथा नेपाल–भारतको सामाजिक सेतुकोरुपमा चिनिने पञ्चकोसी परिक्रमा सोमबार महोत्तरीको सदरमुकाम जलेश्वर आइपुगेको छ ।

    पञ्चकोसी परिक्रमाको धार्मिक लस्कर बाजागाजासहित पाँचौ गन्तव्यस्थल जलेश्वर आइपुगेको हो ।

    मिथिलाको राजधानी जनकपुरलाई केन्द्रविन्दु मानेर १५ दिनसम्म यो परिक्रमा गर्ने गरिन्छ । परिक्रमा जनकपुरदेखि करिब पाँच कोसको दूरीमा रहेर गर्ने गरिन्छ ।

    हरेक वर्ष फागुन कृष्णपक्षको औंसीदेखि सुरु भइ फागुन पूर्णिमासम्म पञ्चकोसी परिक्रमा मनाइन्छ ।

    यस भेगकै लामो समय तथा लामो दूरीसम्म चल्ने ऐतिहासिक तथा धार्मिक परिक्रमाको आफ्नै महत्व र विशेषताहरु रहेको कारणले पनि यसमा सहभागी हुनेहरुको संख्यामा कमी आएको छैन ।

    जनकपुरबाट सुरु भएको परिक्रमा जनकपुरमै पुगेर सम्पन्न हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij