बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

काठमाडौंको तिलङ्गेटारमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ९, २०७४



  • काठमाडौं, फागुन ९ । काठमाडौंको तिलङ्गेटारस्थित विपी स्मृति अस्पताल अगाडि सडकमा जीपको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

    बुधबार बिहान बा१०च ७४८१ नम्बरको जीपको ठक्करबाट नुवाकोट घर भई हाल तिलङ्गेटार बस्ने ४५ बर्षीया सुष्मा तामाङको मृत्यु भएको हो ।

    बिहान साढे ७ बजे जीपको ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा कान्तिपुर डेन्टल अस्पतालमा बिहान साढे १० बजे मृत्यु भएको प्रहरी प्रभाग तिलङ्गेटारले जनाएको छ ।

    जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij