आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कालंगा जलविद्युत् आयोजना निर्माणको काम धमाधम

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ९, २०७४



  • बझाङ, फागुन ९ । बझाङको बुंगल क्षेत्रमा पर्ने कालंगा जलविद्युत् आयोजना निर्माणको कामले तीव्रता पाएको छ ।

    निजी क्षेत्रको सबैभन्दा धेरै लगानी रहेको यो आयोजनाको काम ३० प्रतिशत सम्पन्न भइसकेको छ । आयोजना निर्माणमा १० ओटा बैंक र केही व्यापारीको लगानी छ ।

    वि.सं. २०६५ सालदेखि सम्भाव्यता अध्ययन सुरु भएको आयोजनाको निर्माणका लागि तीनओटा बैंकहरुसँग ऋण लगानी सम्झौता सम्पन्न भइसकेपछि आयोजनाको निर्माणकार्य सुरु भएको हो ।

    आयोजनाले निमार्णका लागि आवश्यक पर्ने २०० रोपनी जग्गा खरिद गरिसकेको छ भने आयोजना निमार्णका लागि सडक निर्माणका साथै फराकिलो बनाउने कामसमेत सम्पन्न भइसकेको जनाएको छ ।

    अहिले टनेल निमार्णको कामसँगै ३० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

    झन्डै १३ सय करोड रुपैयाँकोे लागत अनुमान गरिएको यस आयोजनाबाट ७५ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

    यो आयोजना निजी क्षेत्रले निर्माण गर्न लागेको प्रदेश नम्बर–७ को सबैभन्दा ठूलो आयोजना भएको कालंगा हाइड्रो प्रालिका अध्यक्ष उमेश श्रेष्ठले बताए ।

    वि.सं. २०७७ असोज ३ गतेभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ । हाइड्रोपावरको १० प्रतिशत सेयर स्थानीयका लागि छुट्याइएको हाइड्रोका संस्थापक वीरेन्द्र मल्ल बताउँछन् ।

    अबको चार वर्षपछि बझाङको कायापलट हुने र यसमा आफूहरु जस्तोसुकै सहयोग गर्न तयार रहेको बुंगल नगरपालिकाका मेयर धनबहादुर विष्ट बताउँछन् ।

    आयोजना सुरु भएसँगै स्थानीयसमेत उत्साहित बनेका छन् ।

    सानीगाड हाइड्रो प्रालिले प्रबद्र्घन गर्न लागेको यो आयोजनाको तीन ठाउँमा संरचना निर्माण भएको छ । ३८.४६ मेगावाटभन्दा बढी दहबगरमा इनटेक बनेर खिरातडीको बिजगडमा पावरहाउस बन्नेछ । अहिले सुरुङ खन्ने काम पनि तीव्ररुपमा भइरहेको छ ।

    आयोजनामा स्थानीय तथा अरु जिल्लाका गरी दुई हजारभन्दा बढीले रोजगारीसमेत पाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij