आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरकारी रकम नतिर्ने पूर्वप्रधानमन्त्रीदेखि सांसद्सम्म ११९ को तीनपुस्ते सार्वजनिक

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १०, २०७४



  • सरकारी बक्यौता नबुझाउने ११९ जनाको तीनपुस्ते विवरण सार्वजनिक भएको छ । महालेखा नियन्त्रकको कार्यालयले ४० वर्ष अघिदेखिको अर्बौं रुपैयाँ वक्यौता नबुझाउने ११९ जना व्यक्तिको तीनपुस्ते सार्वजनिक गर्दै ३५ दिनभित्र बाँकी रकम नतिरे कारबाही गर्ने भएको हो । यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।

    महालेखाका अनुसार बक्यौता नबुझाउनेमा पूर्वप्रधानमन्त्रीदेखि सांसद र व्यापारीका सन्तान, उद्योगी, व्यवसायी र कर्मचारी छन् । उनीहरूलाई चिठी लेखेर घरमै पठाउँदा पनि प्रतिक्रिया नआएपछि महालेखाले बुधबार बक्यौता नतिर्नेको तीनपुस्ते विवरण सार्वजनिक गरेको हो । उनीहरूलाई ३५ दिनभित्र बाँकी रकम तिर्न अल्टिमेटम दिइएको छ ।

    महालेखा नियन्त्रक रामकुमार आचार्यका अनुसार महालेखाले सार्वजनिक गरेको ११९ जनाको विवरणमा राणा प्रधानमन्त्री भीमशमशेर र पद्मशमशेरका परिवारसमेत छन् । यसैगरी होटल मल्लका तत्कालीन प्रबन्ध निर्देशक महाराज कुमारी रानी मल्लले ८ करोड १० लाख रुपैयाँ बुझाउन बाँकी रहेको महालेखाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    महालेखाको कार्यालयले वर्षको एकपटक यस्तो सूचना सार्वजनिक गर्ने गरेको छ । यसबाट वार्षिक ९० लाख रुपैयाँसम्म बक्यौता रकम उठ्दै आएको महालेखाका सहायक सूचना अधिकृत सूर्यमणि गौतमले बताए ।

    महाशाखाले व्यक्तिले बुझाउनुपर्ने सरकारी बाँकी, कम साँवा र सोमा लाग्ने वार्षिक १० प्रतिशतका दरले ब्याज समावेश गरी बुझाउन अनुरोध गरेको छ ।महालेखाको अनुसार ऋण नर्तिनेमा २० ठेकेदार, ८७ जना कर्मचारी, सैनिक र १२ वटा होटल तथा क्यासिनो छन् । यिनीहरूबाट सरकारले अर्बौं रकम उठाउन बाँकी छ । ११९ जनाबाट १ अर्ब १७ करोड रूपैयाँभन्दा बढी असुल गर्नुपर्ने देखिएको महालेखाले जनाएको छ ।

    महालेखाले सार्वजनिक गरेको विवरण चार दशकअघिदेखिको भएकाले ऋण लैजानेमध्ये कतिपयको मृत्युसमेत भइसकेको छ । महालेखाले व्यक्तिलाई नभेटेपछि मालपोत कार्यालयलाई असुलीका लागि पत्राचार गरेको छ ।

    सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पनि बाँकी सरकारी रकम नबुझाए प्रक्रियाबाटै व्यक्तिको नाममा रहेको जग्गालिलामी गरेर रकम उठाउने योजना महालेखाले सार्वजनिक गरेको छ ।

    कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयका प्रमुख जीवनप्रकाश मल्होत्राका अनुसार २०४० सालभन्दा अघि घरेलु उद्योगलगायत विभिन्न शीर्षकमा रकम लिएर अहिलेसम्म बुझाउन नआउनेमा निजामति कर्मचारी, ठेकेदार, क्यासिनो र होटल व्यवसायी छन् । पुरानो रकम भुक्तानी गर्न नआएपछि घरमै पत्र काटेर पठाएको तर त्यसको जवाफ नआएपछि तीनपुस्ते विवरण सार्वजनिक गरेको उनले बताए । ‘पत्रको कुनै प्रतिक्रियानआएपछि तीनपुस्ते विवरण प्रकाशित गरेका हौं,’ उनले भने ।

    महालेखाको विवरणअनुसार सबैभन्दा बढी सरकारी बक्यौता तिर्न बाँकी नेपाल रिक्रेसन सेन्टर प्रालि छ । महालेखाले सेन्टरका प्रबन्ध निर्देशक राकेश वाधवाको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ । वाधवाको कम्पनी नेपाल रिक्रिएसनको ५७ करोड ३४ लाख रुपैयाँ बक्यौता छ ।

    रकम नतिर्नेहरूमा मल्ल, अन्नपूर्ण इन्टरनेसनल प्रालिलगायतका चर्चित होटलसमेत छन् । महालेखाका अनुसार होटल मल्लले ८ करोड रुपैयाँ तिर्न बाँकी छ भने अन्नपूर्ण प्रालिले करिब १३ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ ।

    टेक्सना रिसोेर्सेज कम्पनीले ११ करोड ७३ लाख, नेपाल रिक्रिएसन सेन्टर आरडी टटलले १ करोड ८४ लाख, खुम्बु कन्ट्रक्सन कम्पनीको ४ करोड ३० लाख, ह्यापी आवर प्रालिका सञ्चालक गोकर्ण लामिछानेले ६ करोड १६ लाख रुपैयाँ तिर्न बाँकी रहेको महालेखाको विवरणमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij