बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बर्दियामा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १०, २०७४



  • बर्दिया, फागुन १० । बर्दियाको राजापुर नगरपालिका–३ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

    राति सवा १० बजे से३प ६४८९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिदा मोटरसाइकलमा पछाडि सवार कैलाली, टिकापुर नगरपालिका–४ का ३० वर्षीय बजारु चौधरीको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका २८ वर्षीय रामबहादुर चौधरीको भने नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको छ ।

    तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij