आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संविधान संशोधनमा एमाले सकारात्मक

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १०, २०७४



  • काठमाडौं, फागुन १० । सरकारको नेतृत्व गरेको एमाले संविधान संशोधन गर्न सकारात्मक देखिएको छ ।

    संघीय समाजवादी फोरमका नेतासँग बुधबार भएको वार्तामा एमाले संविधान संशोधनप्रति सकारात्मक देखिएको हो । त्यसका लागि एमालेले कार्यदल बनाउने भएको छ ।

    ‘संविधान संशोधनप्रति एमाले सकारात्मक देखिएको छ,’ फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘अब व्यवहारमा हेर्न बाँकी छ ।’ उनका अनुसार संविधान संशोधनमा एमाले लचक भए धेरै विषयमा सहमति हुँदै जानेछ ।

    मन्त्रिपरिषद विस्तार तयारी भइरहेका बेला भएको यो वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । फोरमसँग सहमति भए उसलाई उपसभामुख र मन्त्री दिने सहमति भइसकेको स्रोतको दावी छ । –नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij