प्रकाशित मिति : बिहिबार, फाल्गुन १०, २०७४
कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ वीरपुरमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।
बुधबार बिहान क्याम्पस जाने भन्दै हिँडेकी १८ वर्षीया त्रिवेणी कुवँर साँझसम्म घर नआएपछि परिवारले खोजी थालेका थिए। बुधबार बिहानदेखि परिवारको सम्पर्क बाहिर रहेकी कुँवर बिहिबार बिहान स्थानीय राजपुरा सामुदायिक वनमा मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
युवतीलाई कसैले हत्या गरी फालेको हुन सक्ने प्रहरी आशंका छ। घटनाका बारेमा प्रहरीले अनुसन्धान भइहरको जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij