आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरकारमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्छ : मन्त्री थापा

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १०, २०७४



  • काठमाडौं, फागुन १० । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताएकी छन् ।

    बिहीबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा मन्त्री थापाले समावेशी–समानुपातिक सिद्धान्तअनुसार संविधानले नै स्थानीय, प्रदेश र संघीय संसदमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गरिदिएको भन्दै मन्त्रिपरिषदमा पनि ३३ प्रतिशत महिलाको सहभागिता हुुनपर्नेमा जोड दिइन् ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको सहभागिता गराउने विश्वास व्यक्त गरिन् ।

    ‘समावेशिताका आधारमा पनि ३३ प्रतिशत महिलाहरुको सहभागिता हुन्छ भन्नेमा म विश्वस्त छु । प्रधानमन्त्री ओलीले पनि गराउनुहुन्छ भन्नेमा आशावादी छु’–उनले भनिन्–‘तर संविधानमा प्रस्टै लेखिदिएको भए राम्रो हुन्थ्यो ।’

    मन्त्री थापाले एक/दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताइन् ।

    संविधान कार्यान्वयनको चरणमा मुलुक प्रवेश गरिसकेकाले अब छिट्टै आर्थिक–सामाजिक रुपान्तरणले पूर्णता पाउने उनको भनाइ थियो ।

    ‘मैले जुन मन्त्रालयको जिम्मेवारी पाएको छु, यो जिम्मेवारीलाई म सामाजिक रुपान्तरणका लागि उपयोग गर्छु । म यो उद्देश्यमा खरो उत्रिन्छु’–उनले भनिन् ।

    मन्त्री थापाले वर्तमान सरकार मुलुक र जनताको समृद्धिका लागि निरन्तर लागिपर्ने बताइन् ।

    उनले एनजीओ र आइएनजीओहरुको भूमिका र गतिविधिहरु सहरकेन्द्रित नभएर गाउँकेन्द्रित हुनुपर्ने धारणा राखिन् ।

    उनले भनिन्–‘उहाँहरुको काम अब स्थानीय तहसम्म पुग्नुपर्‍यो । व्यावहारिक ढंगले गतिविधिहरु अघि बढाउनुपर्छ । संघीयता बलियो हुनका लागि पनि स्थानीय सरकार बलियो हुनुपर्छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij