आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ११, २०७४



  • काठमाडौं, फागुन ११ । ‘संघीय व्यवस्थामा गुणस्तरीय शिक्षा’ विषयमा शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसानले) आयोजना गरेको सम्मेलनमा भारत, चीन, बेलायत, अष्ट्रेलिया, स्पेनलगायत १० देशका शिक्षाविद्हरुको सहभागिता रहेको छ ।

    कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

    दुई दिनसम्म चल्ने यस सम्मेलनबाट आउने निष्कर्षले नेपालको शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने आयोजकको दाबी रहेको छ ।

    कार्यक्रममा हिसानका अध्यक्ष रमेशकुमार सिलवालले देश संघीयतामा गइसकेको अवस्थामा शिक्षा प्रणालीलाई परिमार्जन गरी समयानुकूल बनाउन आवश्यक रहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij