आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जब नेवि संघका नेताले देउवालाई दिए चश्मा उपहार…

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १३, २०७४



  • नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेको छ।

    नेविसंघको साथै पार्टी पनि विधि र विधान अनुसार संचालन नभएको भन्दै विद्यार्थीले नेतृत्वको ध्यानाकर्षण गराउँदै पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका हुन्।

    केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय पुगेका सभापति शेरबहादुर देउवालाई विद्यार्थी नेताले चश्मा उपहार पठाएका छन्। विधि र विधान अनुरुप चल्नका लागि अध्याँरोबाट उज्यालोमा आउने सन्देश स्वरूप चश्मा उपहार दिएको विद्यार्थीले बताएका छन्।

    विद्यार्थीले ‘जिद्दीले होइन विधिले चलौं , वेथितिले होइन विधिबाट चलौं’ भन्दै पार्टीभित्रको वेथितिका बारेमा केन्द्रीय कार्यालय परिसरभित्रै चर्को नाराबाजी गरेका थिए।

    केन्द्रीय महाधिवेशन भएको झण्डै डेढ वर्ष भइसक्दा पनि जिल्ला तथा क्याम्पसको अधिवेशन नभएको, नेविसंघका सभापतिले मनोमानी ढंगमा क्याम्पसका अध्यक्ष तोक्ने काम गरिएको असन्तुष्ट विद्यार्थीले आरोप लगाएका छन्। विद्यार्थी नेता मनोहरि श्रेष्ठले पार्टी विधि र विधान अनुरुप संचालन हुनुपर्छ भन्दै बुझाएको १० बुँदे माग लामो समयसम्म पनि सम्बोधन नभएपछि नेवि संघको प्रतिष्ठालाई जोगाउँदै आफूहरू शान्तिपूर्ण विरोधमा उत्रिएको बताए।

    केन्द्रीय कार्यसमिति बैठकका लागि आएका सबै नेतालाई भेटेर विद्यार्थीले ज्ञापनपत्र दिँदै आफ्ना मागबारे केन्द्रीय समिति बैठकमा छलफल गर्न ध्यानाकर्षण गराए। विद्यार्थीले नेताहरू रामचन्द्र पौडेल, गगन थापा, रमेश लेखक लगायत नेतालाई माग सम्बोधनका लागि पहल गर्न ध्यानाकर्षण गराए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij