बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मुस्ताङको छुसाङमा निर्माणाधीन पक्की पुलको काम अलपत्र

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १३, २०७४



  • मुस्ताङ, फागुन १३ । जोमसोम–कोरला सडकखण्डअन्तर्गत मुस्ताङको छुसाङमा निर्माणाधीन पक्की पुलको काम अलपत्र परेको छ ।

    पक्की पुल निर्माण शुरु भएको ४ वर्ष बितिसक्दासमेत काम पूरा भएको छैन । पुल निर्माणको काम भइरहेका बेला दुई वर्षअघि कालीगण्डकी नदीले छुसाङ बस्ती कटान गरेपछि स्थानीयले काममा रोक लगाएका थिए । त्यसपछि सो पुलको काम अघि बढ्न सकेको छैन ।

    जोमसोम–कोरला सडक निर्माणको काम धमाधम अघि बढ्दा पनि पुलको काम भने रोकिएको छ । ग्रामीण पुननिर्माण तथा पुनर्स्थापना आयोजनाको ४ करोड ७३ लाख रुपैयाँको लागतमा लुम्बिनी बिल्डर्सले पुल निर्माणको जिम्मा लिएको थियो ।

    ७६ मिटर लामो र ५ दशमलव ५ मिटर चौडा पुलको ४ वटा पिल्लर उठाइसकिएको छ । निर्माण सम्झौता सकिएको एक वर्ष बितिसक्दा पनि स्थानीयसँग सहमति हुन नसक्दा पुलको काम अलपत्र छाडिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij