आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने, मन्त्रीहरुको नाम टुंगो लाग्न बाँकी

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १४, २०७४



  • काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

    काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

    प्रधानमन्त्री नियुक्त भएको ११ दिन पनि ओलीले सरकार विस्तार गर्न लाग्नुभएको हो । उहाँ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

    पार्टी एकतामा सहमत नेकपा माओवादी केन्द्र र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्री दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

    मन्त्रिपरिषद् विस्तारका विषयलाई लिएर प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हिजो भेटवार्ता भएको थियो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो ।

    दुई नेताबीचको छलफल पनि उनीहरुले आ–आफ्नो पार्टीभित्र पनि छलफल गरेका थिए ।

    ओली नेतृत्वको सरकारमा १८ मन्त्रालय राख्ने र त्यसमा एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादी केन्द्रले ७ मन्त्रालय लिने गरी भागबण्डा भइसकेको छ ।

    तर, दुवै पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै भएकाले व्यवस्थापन गर्न समस्या भएको छ ।

    ओली र दाहालले आज आ–आफ्नो पार्टीभित्र छलफल गरी अपराह्न मन्त्रीहरुको सपथ गराउने तयारी भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij