आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नारायणी नदीमा प्रदूषण बढेपछि युवाहरु सफाइ अभियानमा जुटे

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १४, २०७४



  •  चितवन , फागुन १४ । नारायणी नदीमा प्रदूषण बढेपछि चितवनमा नदी सफाइ अभियान सुरु गरिएको छ । जिल्लाका युवाहरुको सक्रियतामा नदी बचाऊ अभियान सुरु गरिएको हो ।

    नारायणी नदीलाई बागमतीकोजस्तो अवस्था सिर्जना हुन नदिन बेलैमा जागरण अभियान सुरु गरिएको जनाइएको छ ।

    संग्लो नदीकोरुपमा चिनिने नारायणी नदी पछिल्लो समय प्रदूषित बन्दै गइरहेको छ । मानवीय क्रियाकलापका कारण दुर्गन्ध फैलिएको छ भने देवघाटदेखी नारायणी नदी किनारसम्म प्रदूषित बनेको छ ।

    नदी किनारमा ठेला व्यापारदेखि स्थानीयको ‘डम्पिङ साइड’ बनेको छ भने मान्छेको जमघटले फोहर बढेको छ । नारायाणगढको ढल सीधै नदीमा मिसाउने गरिएको छ ।

    नारायणीलाई पहिलेकै स्वच्छ तथा स्वस्थ्य अवस्थामा फर्काउने उद्देश्यले चितवनका युवा नदी सफाइ अभियानमा जुटेका छन् ।

    उमाशंकर ट्रस्ट, वे ग्रुपलगायतका संस्थाहरु तथा युवा, विद्यार्थीको सक्रिय सहभागिता र सामाजिक सन्जालको अभियानमार्फत् युवाहरु सफाइमा जुटेका हुन् ।

    सोमबार नारायणी नदी सफाइ अभियानमा सहभागी भएर भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले नदीको अवस्था निकै दयनीय भएको बताइन् ।

    मेयर भएको ६ महिनाभन्दा बढी समय भइसके पनि उनी पहिलोपटक नारायणी नदीमा पुगेर यसको अवस्थाकाबारेमा जानकारी लिएकी हुन् ।

    उनले नदीको किनारमा फोहोरको अवस्था निकै विकराल रहेको भन्दै महानगरले ठोसरुपमा काम गर्ने दाबी गरिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij