आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धादिङमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १५, २०७४



  • धादिङ, फागुन १५ । धादिङको थाक्रे गाँउपालिका–१ धारापानीमा गएराति मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

    धारापानीस्थित खोल्सामा गएराति साढे ११ बजे बा१ख ९८४२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक धादिङ थाक्रे–१ का बलबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

    प्रहरीका अनुसार ट्रकमा सवार ३ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका टिका राम तामाङ, राजेश तामाङ र कमल तामाङलाई उद्धार गरि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं पठाइएको छ । घाइतेमध्ये टिकारामको अवस्था भने गम्भिर रहेको जनाइएको छ ।

    दुर्घटना कसरी भयो भन्नेबारे प्रष्ट भइनसकेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij