आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सांसद शाहीद्वारा राजीनामा फिर्ता

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १५, २०७४



  • कर्णाली प्रदेशका सांसद चन्द्रबहादुर शाहीले राजीनामा फिर्ता लिने भएका छन्।

    मुगुको प्रदेश सभा (ख) बाट निर्वाचित शाहीले यही फागुन ७ गते दिएको राजीनामा फिर्ता लिएको मौखिक रूपमा घोषणा समेत गरिसकेका छन्।

    प्रदेशको सरकार गठनमा पार्टीले अपमानजनक व्यवहार गरेको भन्दै शाहीले सांसद तथा पार्टीको सल्लाहकार पद दुवैबाट राजीनामा दिएका थिए। प्रदेश नम्बर ६ को सरकार गठन गर्दा पार्टीले निरन्तर लागेकाहरूलाई पंछाएको आरोपसहित राजीनामा दिएका उनले सरकार बनाउँदा पार्टीले पैसाको भरमा मन्त्री बनाएको समेत आरोप लगाएका थिए।

    एमालेका तर्फबाट निर्वाचित सांसद शाहीले पार्टीले गल्ती स्वीकार गर्दै अबका दिनहरूमा यस्तो कार्य नगर्ने बताएपछि आफूले राजीनामा फिर्ता लिएको बताए।

    ‘पार्टीले मलाई राजीनामा फिर्ता लिन भनेर चिठी पठाएको छ,’ सांसद शाहीले सेतोपाटीसँग भने, ‘पार्टीले सबै गल्ती स्वीकार गरिसकेकाले म राजीनामा फिर्ता लिँदै छु।’

    उनले आफूले पदको लागि नभएर विधिको लागि पार्टीको कार्यप्रति आपत्ति जनाएको बताए।

    ‘आखिर म पदको लागि लडेको होइन, विधिको लागि लडेको हुँ’, उनले भने, ‘समाजवाद हुँदै साम्यवाद स्थापित गराउने पक्षमा म छु।’

    आफू मंगलबार दिउँसो बस्ने प्रदेशसभाको पाँचौ बैठकमा सहभागी हुने पनि सांसद शाहीले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij