बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सिन्धुपाल्चोकका छिरिङको हत्या अभियोगमा विकास पक्राउ

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १९, २०७४



  • महानगरीय प्रहरी परिसर काठमाडौँले सिन्धुपाल्चोक घर भई चुच्चेपाटी बस्दै आएका २५ वर्षीय छिरिङ शेर्पाको हत्याका अभियोग लागेका विकास तामाङलाई आज बिहान पक्राउ गरेको छ ।

    परिसरबाट खटिएको टोलीले अभियुक्त सिन्धुपाल्चोक घर भई चुच्चेपाटी बस्ने १८ वर्षीय तामाङलाई बिहान ७ः३० बजे चाबहिलबाट पक्राउ गरेको हो । अभियुक्त तामाङले पुरानो रिसइबीका कारण विवाद भएपछि शेर्पालाई बिहीबार बेलुका ८ः४० बजे धारिलो चक्कुले छातीमा प्रहार गरी घाइते बनाएकामा चाबहिलको मेडिकेयर अस्पतालमा उपचारका क्रममा राति १०ः३० बजे मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij