आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमाले र माओवादी केन्द्रको संयुक्त संसदीय दलको बैठक आज बस्ने

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १९, २०७४



  • काठमाडौं, फागुन १९ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त संसदीय दलको बैठक आज बस्ने भएको छ ।

    काठमाडौं, फागुन १९ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त संसदीय दलको बैठक आज बस्ने भएको छ ।

    पार्टी एकताको अन्तिम तयारीमा रहेका दुवै दलले संसदीय गतिविधिमा एकरुपता दिनेबारे प्रशिक्षण दिन संयुक्त बैठक बोलाएका हुन् ।

    दुई दलका सांसदहरुको बैठक आज काठमाडौंको बानेश्वरस्थित संघीय संसद्को भवनमा बस्ने भएको छ ।

    सोमबारदेखि संसद्को बैठक सुरु हुने भएकाले त्यसअघि नै सांसदहरुलाई केही प्रशिक्षण दिन बैठक बोलाइएको बताइएको छ ।

    बैठकमा प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल र पूर्वसभामुख सुवास नेम्वाङले दुवै दलका सांसदहरुलाई निर्देशनसहितको प्रशिक्षण दिने कार्यक्रम छ ।

    दुवै दलबाट धेरै नयाँ सांसद रहेकाले संसदीय मर्यादालगायतका विषयमा प्रशिक्षण दिइने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij