बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

नेपालगञ्जको सडक, नाला निर्माणका लागि सम्झौता

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १९, २०७४



  • मधु पौडेल, नेपालगञ्ज, फागुन १८ गते ।  नेपालगञ्जको भित्री सडक तथा ढल, नाला निर्माणका लागि औपचारिक रुपमा लिखित ठेक्का सम्झौता गरिएको छ ।

    नगर भित्रको सडक, नाला निर्माण कार्यको जिम्मा पाएको कालिका जेडी्टएसजे जेभीसँग नेपालगञ्ज उपमहानगरपालिकाले ठेक्का सम्झौता गरेको हो ।

    उपमहानगरपालिकाको तर्फवाट प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र कालिकाको तर्फवाट निर्देशक युवराज क्षेत्रीेवीच सम्झौता भएको हो ।

    नेपालगञ्ज उप–महानगरपालिका अन्तर्गत संचालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत सडक, नाला निर्माणको काम गरिदैछ ।

    सम्झौता अनुसार नगरमा ३६ कि.मी सडक तथा ४० कीमी नाला निर्माण हुनेछ ।

    एक अर्व ४४ करोड ७१ लाख ६६ हजार ४ सय ६५ रुपैया(भ्याट र कन्टेन्जेन्सी बाहेक)को लागतमा ३० महिना भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता रहेको परियोजनाका इन्जिनियर शैलेन्द्र महर्जनले जानकारी दिनु भयो ।

    परियोजनाले सम्पूर्ण प्रक्रिया एवं मुल्यांकन गर्दै ठेकेदार कम्पनी छनौट गरेको आयोजना प्रमुख सुनिल ठाकुरले जानकारी दिनु भयो ।

    एशियाली विकास वैंकको ऋण तथा अनुदान सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकासँगको सम्झौता अनुसार परियोजना कार्यान्वयन इकाइ विगतदेखि नै नेपालगञ्जमा रहको छ ।

    सडक तथा ढलहरुको काम चुस्त र प्रभावकारी बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले मापदण्ड विपरितका घर, पर्खाल लगायतका संरचना हटाउन सार्वजनिक आहवान गरिसकेको छ ।

    सर्व प्रथम नगरको चारवाहीनी –त्रिवेणीमोड (सदरलाइन), बलबुलिया रोड विस्तार शुरु हुने जनाइएको छ ।

    नेपालगञ्जको सडक, नाला निर्माणका लागि काम शुरु भइसकेको जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले समयमै गुणस्तरिय काम सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो ।

    विद्यतु, खानेपानी, टेलीकमका संरचना स्वयं व्यवस्थित गर्नका लागि सम्वन्धित पक्षलाई पत्राचार गरेको उपमहानगरपालिकाले सुरक्षा अधिकारी, राजनीतिक दल लगायतसँग समन्वय गर्दै सबैसँग सहयोगको अपील गरेको छ । सडक निर्माणसँगै नेपालगञ्जको समग्र विकासले कोल्टे फेर्ने नगर प्रमुख डा धवल शम्शेर राणाले विश्वास व्यक्त गर्नु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij