आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘भाइ’सँग शपथ लिनुपर्ने भयो : ओली

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १९, २०७४



  • काठमाडौं, फागुन १९ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालय र सडकमा देखिएको ‘जन्ममिति विवादको रोग’ अब संसदमा पनि छिर्न लागेको बताएका छन् ।

    शनिबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बसेको एमाले र माओवादी केन्द्रका निर्वाचित सांसदहरुको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् ।

    आइतबार हुने संघीय सांसदको शपथग्रहणमा आफूभन्दा कम उमेरका व्यक्तिले शपथ खुवाउन लागेको भन्दै प्रधानमन्त्री ओलीले ‘हिजोसम्म राजपा नेपालका महेन्द्रराय यादवलाई आफूले ‘भाइ’ भन्ने गरेको तर नागरिकताको आधारमा उहाँ ज्येष्ठ सदस्य भएर सबैलाई शपथ खुवाउँदै हुनुहुन्छ’–भने ।

    यथार्थभन्दा नागरिकतामा बढी उमेर भएकाले त्यस्तो भएको उनले बताए ।

    कान्छा व्यक्तिलाई बढी उमेरको भन्दै उनीबाट शपथ लिनुले नै देश कस्तो रहेको भन्ने संकेत गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

    नेता रायको वास्तविक उमेर ६३ वर्ष हो । तर, नागरिकतामा ८० वर्ष भएका कारण उनी प्रतिनिधिसभाका ज्येष्ठ सदस्य बन्न पुगेका छन् ।

    प्रधानमन्त्री ओलीको जन्म वि.सं. २००८ साल फागुन ११ गते भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij