आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस संसदीय दलको नेता चयनका लागि उम्मेदवारी मनोनयन दर्ता गरिंदै

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २०, २०७४



  • काठमाडौं, फागुन २० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी मनोनयन दर्ता गरिँदै छ ।

    काठमाडौं, फागुन २० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी मनोनयन दर्ता गरिँदै छ ।

    संसदीय दलको नेता बन्न इच्छुकले उम्मेदवारी दर्ता गर्न सक्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

    उम्मेदवारी दर्ताका लागि बेलुका ६ बजेदेखि ७ बजेसम्मको समय निर्धारण गरिएको छ ।

    आज उम्मेदवारी दर्तापछि भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म दलको नेता चयनका लागि निर्वाचन हुने छ ।

    कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दाबी गर्दै आएका छन् ।

    महामन्त्री शशांक कोइरालाले पनि सर्वसम्मत हुने भए संसदीय दलका नेता बन्न बताएका छन् ।

    यद्यपी, सभापति देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मुख्य प्रतिस्पर्धा हुने लगभग निश्चित देखिएको छ ।

    कांग्रेसका मध्यमार्र्गी नेताहरु भने विभिन्न चरणका निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआई कमजोर भएको परिस्थितिमा सर्वसम्मत रुपमा नेता चयन गर्नुपर्ने कसरतमा जुटेका छन् ।

    अनुमानित अंकगणित

    प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । ३२ भोट ल्याउने उम्मेदवार दलको नेता बन्नेछन् । कांग्रेसकै नेताहरुका अनुसार संसदीय दलमा देउवाको बहुमत छ ।

    पौडेल समूहको भोट १९मात्र भनिएको छ । त्यसमा पनि पछिल्लो समय केही नेता देउवासँग नजिकिएका छन् ।

    यस्तै कृष्ण सिटौला समूहका ३ र खुमबहादुर खड्का समूहका ५ सांसद रहेको बताइन्छ ।

    पौडेल समूहकै नेताहरुका अनुसार दलको नेता बन्न सिंह भन्दा देउवालाई सहज छ । चुनाव हुँदा सिंहको पक्षमा १९ देखि २३ भोट आउने पौडेल समूहको विश्लेषण गरेको खबर बाहिर आएको छ ।

    तर, पछिल्लो समय देउवाप्रति असन्तुष्टि बढेको र सिटौला र खड्का समूहको सबै मत आए परिणाम के हुन्छ भन्न नसकिने पनि बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij