बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

इलाममा पिकअप दुर्घटना, चालकको मृत्यु

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २०, २०७४



  • इलाम, फागुन २० । इलाम जिल्लामा आइतबार दिउँसो पिकअप दुर्घटना भएको छ । दुर्घटनमा परी चालक इलाम नगरपालिका ५ बस्ने २९ वर्षीय टिका मुखियाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ ।

    सहचालकसहित अन्य ४ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    मे १ ज १६७३ नम्बरको पिकअप गाडी दिउँसो १२ः३० बजेतिर इलाम नगरपालिका ४ स्थित थरथरे भन्ने स्थानमा सडकबाट अन्दाजी ४० मिटर तल खसेको हो । गाडीमा पाँच जना सवार थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij