आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०७४



  • काठमाडौं, फागुन २१ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन भइरहेको छ ।

    काठमाडौं, फागुन २१ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन भइरहेको छ ।

    संसदीय दलका नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा गर्दैछन् । नेता चयनका लागि अहिले संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान भइरहेको छ ।

    संसदीय दलका नेतामा दाबी गर्दै दुवै जनाले हिजो उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

    निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय आज बिहान साढे ८ बजेसम्मका दिए पनि दुवै जनाले उम्मेदवारी फिर्ता नलिएको निर्वाचन गर्न लागिएको हो ।

    १० बजेबाट भएको निर्वाचन १ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । त्यसलगत्तै मतगणना गर्ने कार्यक्रम तय भएको छ ।

    प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कांग्रेस संसदीय दलमा कूल ६३ जना सांसद छन् । संसदीय दलको नेतामा निर्वाचित हुन कम्तिमा ३२ मत ल्याउनुपर्ने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij