आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“दुई पार्टीबीचको एकतापछि बहुदलीय जनवादको कार्यदिशा अघि बढ्छ”- प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०७४



  • काठमाडौं, फागुन २१ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि जनताको बहुदलीय जनवादको कार्यदिशाबाटै अघि बढ्ने बताएका छन् ।

    ४५ औं शहीद स्मृति दिवसका अवसरमा आज एमाले पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई पार्टीबीच चाँडै एकता हुने र बहुदलीय जनवादको कार्यदिशाबाट अघि बढ्ने बताएका हुन् ।

    पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै प्रधानमन्त्री ओलीले वाम एकता नचाहनेलाई चाँडै एकता गरेर सरप्राईज दिने बताए । मुलुक अब कम्युनिस्ट पार्टीले नै चलाउने उनको भनाइ थियो ।

    प्रधानमन्त्री ओलीले सरकार लोकतान्त्रिक बाटोबाट अगाडि बढेको र जनचाहनाअनुसार नै काम गर्ने स्पष्ट पारे ।

    बहुमतको सरकारले आफ्नो निर्णयलाई दृढताका साथ कार्यान्वयन गर्ने भन्दै उनले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने अठोट व्यक्त गरे ।

    प्रधानमन्त्री ओलीले क्रान्तिमा होमिएका शहीदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, बीरेन राजवंशी, कृष्ण कुईंकेल र नारायण श्रेष्ठले देखाएको बाटोबाटै आज मुलुकमा गणतन्त्र आएको पनि बताए ।

    २०२९ साल फागुन २१ गते तत्कालिन झापाली कम्युनिष्ट क्रान्तिकारीहरुलाई पन्चायती शासकले जेल सार्ने बाहनामा झापा र इलामको सिमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरेका थिए ।

    तिनै शहीदहरुको नाममा एमाले हरेक वर्ष फागुन २१ गतेलाई शहीद स्मृति दिवसको रुपमा मनाउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij