आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सांसद यादवले लिए शपथ

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०७४



  • काठमाडौं, फागुन २१ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा सदस्य महेन्द्रराय यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    प्रतिनिधिसभाको सभाहलमा आइतबार भएको शपथग्रहण कार्यक्रममा अनुपस्थित सांसदमध्ये यादवले सोमबार ज्येष्ठ सदस्य महन्थ ठाकुरबाट शपथ लिएका हुन् ।

    कुल २७५ सदस्यीय प्रतिनिधिसभाका सदस्यको आइतबार भएको शपथ कार्यक्रममा २७१ सांसद उपस्थित थिए भने सांसद यादवसँगै टोपबहादुर रायमाझी, धर्मशीला चापागाइँ र रेशम चौधरी अनुपस्थित थिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार प्रतिनिधिसभाको पहिलो बैठक सोमबारै बस्दैछ ।

    नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij