आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“प्रदेश सरकारले जनमुखी कार्यक्रम ल्याउँछ “- मुख्यमन्त्री राई

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०७४



  • झापा, फागुन २१ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले विकास, समृद्धि र सम्पन्नताका लागि राजनीतिक नेतृत्वको अर्जुनदृष्टि हुने बताएका छन् ।

    सोमबार झापा र इलामको सीमावर्ती सुखानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    मुख्यमन्त्री भएपछि पहिलोपटक सुखानी आएका राईले सहिद भूमिलाई नमुना बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताए ।

    उनले सहिदका सपना पूरा हुने दिन आएको भन्दै त्यसका लागि प्रदेश सरकारले जनमुखी कार्यक्रम ल्याउने उल्लेख गरे ।

    सीमित स्रोत र साधनको परिचालन गरेर भएपनि प्रदेश–१ लाई उत्कृष्ट बनाउने उनको दाबी छ ।

    तत्कालीन सत्ताले वि.सं. २०२९ सालमा गोली हानेर मारेका कम्युनिष्ट योद्धाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठको स्मृतिमा भएको कार्यक्रम नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्तरुपमा आयोजना गरेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij